
दमक,३० बैशाख। दमकका ८८ सहित झापामा आज २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ९९ महिलासहित २३२ जनामा रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार यसरी संक्रमित हुनेमा दमकका ३४ महिलासहित ८८ जना, बिर्तामोडमा २९ महिलासहित ४६ जना, मेचीनगरमा ८ महिलासहित २४ जना, भद्रपुरमा ३ महिलासहित ७ जना, अर्जुनधारामा ४ महिलासहित १० जना, बुद्वशान्तिमा ३ महिलासहित ८ जना, कचनकवलमा १ जना पुरुष, कमलमा ४ महिलासहित ९ जना, शिवसताक्षीमा ६ महिलासहित ११ जना, बाह्रदशीमा २ महिलासहित ४ जना र ठेगाना नखुलेका २ जना पुरुष रहेका छन् ।
योसँगै झापामा संक्रमितको संख्या ७२२०, डिस्चार्ज ४७२७, आइसोलेसनमा २३३० जना, कुल संक्रमित एन्टिजेन ३४९ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या १७० जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमणबाट ५ जनाको मृत्यु
झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । आज २३२ जना संक्रमित थपिएका छन् ।
मृत्यु हुनेमा गौरीगञ्ज–६ का ७२ वर्षीय पुरुष, कनकाई–७ का ६० वर्षीय पुरुष, बिर्तामोड–४ का ९० वर्षीय पुरुष, मेचीनगर–६ की ४३ वर्षीया महिला र मेचीनगर–१० का ६३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौलागाईले बताए ।