जेठ १ देखि दमक पूर्णरुपमा बन्द गरिँदै

दमक,३० बैशाख । जिल्लामै कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि दमकमा आगामी १ जेठदेखि दमक पूर्ण रुपमा वन्द गरिने भएको छ । नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको नगर प्रमुख रोमनाथ ओलीले जानकारी दिए ।
उनका अनुसार १ गतेदेखि दमकमा कुनै पनि पसल र व्यवसाय, हिंडडुल लगायतका गतिविधि पूर्ण रुपमा कडाईका साथ बन्द गरिने निर्णय भएको छ । यसअघि जारी निषेधज्ञामा भने विहान ११ वजेसम्म खाद्यान्न पसल सञ्चालन हुदैआएका थिए ।
तर, निषेधज्ञाका क्रममा मानिसको आवातजावत नरोकिएपछि दमक भित्र निषेधज्ञालाई कडाईका साथ कार्यान्वयन गरिने निर्णय भएको नगर प्रमुख ओलीले बताएका छन् । अवको निषेधज्ञामा यहाँका वित्तिय संस्थाहरु समेत सातामा दुई दिन मात्रै खुल्नेछन । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण दमकमा अहिले सम्म ८ जनाको मृत्यु भइसकेको छ भने ३ सय ५० बढी सक्रिय संक्रमित छन । दमकको अवस्था दिनानुदिन चिन्ताजनक भएपछि यस किसिमको कडाइँ गर्ने अवस्था सिर्जना भएको नगर उपप्रमुख गीता अधिकारीको भनाई छ ।
विराटनगरमा गौरीगञ्जका संक्रमितको मृत्यु
गौरीगञ्ज ६ का एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अन्य स्वास्थ्य समस्या समेत भएका ६० बर्षिय ति पुरुषको उपचारका सिलसिलामा केही समय अघि कोरोना परीक्षण गरिएको थियो ।
उपचारका लागि कोशी कोभिड अस्पताल लगिएकोमा आज विहान उपचारका क्रममा मृत्युभएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए । यस अघिको पहिलो चरणको संक्रमणमा समेत सोही वडामा एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.