पथरीशनिश्चरे, ३० बैशाख । दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव(२०८२ अन्तर्गत पुरुष फुटबलतर्फको उपाधि देवीगञ्ज एफसीले उचालेको छ। आज मङ्गलबार पथरी शनिश्चरेवडा नं १ स्थित जाँते मोडमा रहेको प्रस्तावित रङ्गशालामा सम्पन्न भएको फाइनल खेलमा देवीगञ्ज एफसीले प्रभात सामुदायिक फुटबल क्लबलाई ट्राईबेकर हुँदै सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो।
खेलको निर्धारित समयमा दुवै टिमबाट एक( एक गोल भएपछि खेल ट्राईबेकार हुँदै सडेन डेथतर्फ धकेलिएको थियो।आजको खेलको म्यान अफ दि म्याच देवीगञ्ज एफसीका खेलाडी जोसन कार्की घोषित भए । गोल्डेन बुट भने प्रभात सामुदायिक फुटबल क्लबका किपर समीर क्षेत्रीले जितेका छन्।
पथरीशनिश्चरे नगरप्रमुख मोहन प्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले प्रमुख प्रशासकीय अधिकृत शशी राई लगायतकाले नगद २ हजार नगदसहित मेडल तथा ट्रफी प्रदान गरे। उक्त अवसरमा गत बैशाख २० गतेदेखि सञ्चालन भएको उक्त नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल (.पुरूष र महिला), भलिबल, ( पुरूष र महिला) क्रिकेट, पौडी, भारतोलन, म्याराथन, लगायतका विभिन्न खेलकुदका विभिन्न विधाहरूमा विजयी खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो।
नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताको समापन समारोहमा वडाध्यक्षहरू भीमकुमार राई, नैना साम्पाङ राई, विजय लिम्बू,लोककिरण न्यौपाने, नवीनजंग कार्की, वीरबहादुर राई तथा जीवन खतिवडा, ईलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहाल, नगरका स्वास्थ्य शाखा प्रमुख मुरारीप्रसाद आचार्य, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू , सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
समापन समारोहमा नगर खेलकुद महोत्सवका अवसरमा खेलकुदका विभिन्न विधा हरूमा विजयी खेलाडीहरूलाई बैंक खाता मार्फत नगद पुरस्कार प्रदान गरिने पनि नगर खेलकुद समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले जानकारी गराए ।
उक्त खेलकुद महोत्सवको फुटबल (पुरूष) तर्फ प्रथम र द्वितीय स्थान हासिल गर्ने विजेतालाई क्रमशः १ लाख र ५० हजार रूपैयाँ नगद सहित ट्रफी र मेडल प्रदान गरिएको छ भने प्रत्येक म्याचमा दुई हजारका दरले ुम्यान अफ द म्याचु घोषित खेलाडीलाई पुरस्कृत गरियो। गोल्डेन बल, गोल्डेन बुट र गोल्ब्स विधाहरूका विजयी खेलाडीहरूलाई ५ हजार रूपैयाँका दरले पुरस्कृत गरियो। यसैगरी, महिला फुटबल तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई १५ र ७ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो।
यसैगरी ,भलिबलतर्फ प्रथम पुरस्कार ३१ हजार नगद तथा दोस्रो पुरस्कार २१ हजार नगदसहित ट्रफी तथा मेडलले प्रस्तुत गरिनेछ। बेष्ट स्पाईक, बेष्ट ब्लकर, बेष्ट प्लेयर , बेष्ट लिब्रो, बेष्ट सेटर लगायतका विभिन्न विधाहरुमा विजयी खेलाडीहरूलाई ३,हजारका दरले नगदसहित ट्रफी प्रदान गरिएको थियो भने म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद २ हजार रूपैयाँ प्रदान गरियो । यसैगरी, क्रिकेट तर्फको प्रथम र द्वितीय स्थान हासिल गर्ने खेलाडीहरूलाई ३५ हजार र २० हजार नगद सहित ट्रफी प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव नवीन खुलाल बुढाथोकीले बताए।।
म्याराथन प्रतियोगिताका पुरुष तथा महिला दुवै प्रथम , द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही ७ हजार , ५ हजार, ३ हजार र २ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने कराँते तर्फ प्रथम पुरुष खेलाडीलाई ५ हजार र महिलातर्फ ५ हजारले प्रदान गरिएको थियो । यसैगरी, बुद्धिचाल प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैठौँ र सातौँ स्थान हासिल गर्ने विजयी खेलाडीलाई क्रमशः १० हजार, ६ हजार, ४५ सय , ३५ सय र २५ सयका दरले पुरस्कृत गरिएको छ।