तेक्वान्दोमा छ गोल्डमेडलसहित दमक २ पहिलो

दमक ,३० बैशाख । दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न. २ पहिलो भएको छ ।
दमक- ५स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलको प्राङगणमा सम्पन्न खेलमा दमक वडा न. २ ले विभिन्न वजन समूहमा ६ गोल्ड मेडल जितेर प्रथम स्थान जित्न सफल भएको हो ।

जसअनुसार दमक २ की २५ केजी वजनबाट प्रज्ञा तामाङ , इन्दिप धिमाल (५० केजी ) ,आयुस धिमाल (५५ केजी), महिलातर्फ ५१ केजीमा रजिता तामाङ, ५६ केजीबाट रोहित गुरागाई , पुम्से पुरुषतर्फ सुसन तामाङले गोल्ड मेडल जितको हो ।

यसैगरि, प्रतियोगिताको दोश्रो वनेको दमक वडा न. ४ ले ५ वटा गोल्ड मेडल जितेको छ । सो वडाका खेलाडी अनमोल राई (२५ केजी), ५० केजीकी लाजिमा लिम्बू, ३५ केजीाट मनिस मगर, अर्पण विक (४० केजी ) ,४५ केजीबाट अमित योगीले गोल्ड मेडल जिते ।

त्यस्तै, दमक ५ ले ३ वटा गोल्ड मेडल जितेर तेश्रो स्थान बनाउन सफल भयो । त्यस वडाकी रेसु धिमाल (४० केजी ), अर्पण धिमाल (३० केजी ) , सेमिना राई (३५ केजी ) ले गोल्ड मेडल जिते । त्यस्तै, दमक ९ की देन्सु योगी (४५ केजी) , महिला पुन्से तर्फ इक्सा मादेनले गोल्ड मेडल जितिन् ।
तेक्वान्दो खेलका संयोजक समेत दमक नगर खेलकुद विकास समितिका सदस्य जितु धिमालका अनुसार वडास्तरिय सो प्रतियागितामा दमकका १० वडा मध्ये ७ वटा वडाले भाग लिएका थिए । जसमध्ये दमक १,३, ७ ,८ वडाले भने गोल्ड मेडल जित्न सकेनन् ।तेक्वान्दो खेलको निर्णायकमा जितेन्द्र मेचे, हरि भुजेल, प्रियङका राईले भूमिका निर्वाह गरेका थिए ।
विजेताहरुलाई महोत्सव समापनका अवसरमा मंगलवार नगद ,ट्रफि तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा वैशाख २७ र २८ गतेसम्म सञ्चालन भएको सो खेलकुद महोत्सवमा तेक्वान्दोसहित विभिन्न आठ वटा विद्याका विजेता,उपविजेता खेलाडीहरुलाई दमक नगर प्रमुख रामकुमार थापा,उपप्रमुख रेगिना भटटराइ लगायतले वितरण गरेका दमक नगर खेलकुद विकास समितिका संयोजक ताराप्रसाद अधिकारीले बताए ।

दमकमा पहिलोपटक खेलकुद महोत्सव सञ्चालन भएको हो । प्रतियोगितामा तेक्वान्दोसहित व्याडमिन्टन, फूटवल,भलिवल,क्रिकेट, चेस, कराते लगायतका विद्यागत खेलहरु सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.