पाँचथर ,३० बैशाख । पूर्व मन्त्री स्व. पद्मसुन्दर लावतीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानको पाँचथरको फिदीममा कार्यालय सञ्चालनमा ल्याईएको छ ।कार्यालयको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पापोहाङ लाओती सयङ केन्द्रीय सहअध्यक्ष मैया श्रेष्ठ लाओतीले गरिन् ।जिल्ला प्रशांसन कार्यालय पाँचथरमा २०८० साल पुष २३ गते पद्मसुन्दर लाओती प्रतिष्ठान दर्ता भएको हो ।
१९९६ सालमा श्रावण ७ गते पाँचथर जिल्लाको यासोक भदौरे जन्मिएका लावतीको २०७१ असार २७ गते काठमाण्डौमा निधन भएको थियो । २०२१ सालमा यासोकबाट सकृय राजनीतिक सुरु गरेका उनी २०३४ सालमा स्वास्थ्यमन्त्री हुदै पटक पटक गरि गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भुमिसुधार र कृषि मन्त्रीको जिम्म्ेवाी सम्हालेका थिए ।
स्व. लाओतीले राजनीतिक तथा सामाजिक क्षेत्रमा पुरयाँएको योगदानलाई उजागर गर्न प्रतिष्ठान स्थापना गरि काम थालिएको हो। प्रतिष्ठानले शुरु गरेको कोषमा ७ लाख रकम जम्मा भएको छ भने आगामी दिनमा ५० लाखको कोष बनाएर सामाजिक कार्यमा खर्च गरिने प्रतिष्ठानका सल्लाहकार एवं पूर्व उपरथी होमकुमार लावतीले बताए ।
उद्घाटनका क्रममा सभासद श्रेष्ठले स्वार्गीय पद्मसुन्दर लाओतीको योगदानले आज पनि पाँचथरको विकास र चिनारीको रोडम्याप बनेको दावी गरिन् । कार्यक्रममा लाओती सयङका केन्द्रीय अध्यक्ष जितबहादुर लावतीले प्रतिष्ठानको सामाजिक कार्य लोकप्रिय हुनपर्ने छ जस्ले पद्मसुन्दरको झल्को दिने गरिका कार्य हुनुपर्ने माग गरे ।
सोही समयमा पापोहाङ लाओती सयङको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुरसिं नेम्बाङले पद्मसुन्दर लाओतीको योगदानले पाँचथर जिल्लाले विकासमा रुपरेखा परिवर्तन गर्ने कार्यहरु सुरु भएको चर्चा गरेका थिए ।
लाओतीको जीवनी र योगदानको झल्को दिने संक्षिप्त जीवनी सम्बन्धी वृत्रचित्र निर्माण तथा र ब्रोसियहरु छापिएकाछन् । उनको नाममा बिभिन्न स्थानहरुमा नगद तथा सामग्रीहरु सहयोग अभियान भइरहेको स्वर्गीय लावतीका छोरा सगुन लावतीले जानकारी दिए ।
२०२१ सालबाट जनप्रतिनिधिको रुपमा चुनिएका लावतीले पटक पटक संसद र २०५२ सालसम्म मन्त्री समेत बनेका थिए । उनी राप्रपा पार्टीको महामन्त्री र सहअध्यक्ष समेत भएका प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले बताए ।