बैंकिङ कसूरमा बिर्तामोडका भानु शिवाकोटी पक्राउ

झापा,३० बैशाख । बैंकिङ कसूरमा झापा बिर्तामोडका भानु शिवाकोटी पक्राउ परेका छन् । अन्जली ओभरसिजका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष शिवाकोटी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालयले आइतवार पक्राउ गरी सोही दिन जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बिर्तामोड– ३ का कुमार दाहालले चेक बाउन्स गरेको आरोपमा शिवाकोटीमाथि उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published.