संखुवासभा ,३१ बैशाख । संखुवासभामा कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा प्रहरी चौकी नुनढाकी, संखुवासभाको प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका -१ नुनढाकी लिवाङ्टारमा बस्दै आएका दिलकुमार चोङवाङलाई पक्राउ गरेको हो ।
दिलकुमारले हतियार बोकेर हिँडडुल गर्ने गरेको सूचनाको आधारमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।