जेठ २५ देखि ‘गाउँ आएको बाटो’ चलचित्र प्रर्दशन हुदै

दमक,३१ बैशाख । चलचित्र ’नुमाफुङ ’ का सफलता पछि युवा निर्देशक नविन सुब्बाले सामाजिक मुद्यालाई उठान गरि ‘गाउँ आएको बाटो’ नामक चलचित्र निर्माण गरेका छन् ।वजारमा आएका चलचित्र भन्दा फरक कथाबस्तुमा आधारित यस चलचित्र आगामी जेठ २५ गतेबाट दमकको डिम्याक्सहित देशभरिका सिनेमा हलहरुमा एकसाथ प्रदर्शन हुने भएको छ ।
सोमबार दमकमा प्रर्दशनमा आउन लागेको सो चलचित्रका बारे अन्तरकृयाका क्रममा निर्देशक सुव्बाले यस चलचित्रको प्रर्दशन र यसले उठान गरेको विषयबस्तुका बारेमा चर्चा गरेका थिए । किराँत–राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उत्तारचढावलाई देखाइएको छ ।
उनले वजारमा आएका नेपाली चलचित्र भन्दा यो पृथक भएकाले मनपराउने विश्वास व्यक्त गरे । उनका अनुसार यस चलचित्रमा आदिवासी जनजातिका सामाजिक मुद्वालाई मुख्य कथाबस्तु रहेको छ । पूर्वको आदिवासी राई जातिको सामाजिक मुद्धालाई नजिकबाट चित्रण गर्न खोजिएको निर्देशक सुब्बा बताउँछन् । उनी भन्छन् , –‘यस फिल्मले मनोरञ्जन मात्र नभएर हाम्रो समाजलाई सकरात्मक सन्देस दिने छ ’
करिव अढाईको लागतमा निर्माण भएको यस फिल्मको छायाङकन राई समुदायको बाहुल रहेको पूर्वको भोजपुर,खोटाङ लगायतका जिल्लामा गरिएको छ ।
फिल्ममा चर्चित अभिनेता दयाहाङ राई,प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय छ । अमोद राईले निर्माण गरेको चलचित्रको लेखन नवीन सुब्बा र महेश राईको हो ।

Leave a Reply

Your email address will not be published.