दमक,३१ बैशाख । झापाको कमल गाउँपालिका वडा न. १ मा एक महिने हेयर कटिङ सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।वडा कार्यालयको आर्थिक सहयोग तथा कर्म व्यूटि सैलुनको आयोजनामा आइतवारदेखि एक महिने हेयर कटिङ सम्बन्धी तालिम सञ्चालन गरिएको सञ्चालक सृजना राईले बताईन् ।
वडा कार्यालयमा सञ्चालित तालिमको वडाअध्यक्ष केदार कटुवालले उद्घाटन गरे ।वडा कार्यालयको बिनीयोजित युवा लक्षित कार्यक्रम अन्तर्गत हेयर कटिङ सम्बन्धी तालिम प्रदान गरि स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको वडाअध्यक्ष कटुवालले बताए ।तालिममा स्थानीय दुई दर्जन बढी युवाहरुको सहभागिता रहेको छ ।दमक ५ मा बेलडाँगी रोडमा रहेको कर्म व्यूटी सैलनुले महिला तथा पुरुषका लागि श्रृङगार सम्बन्धी स्तरिय सेवा तथा स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरु समेत सञ्चालन गरिआएको सञ्चालक जितेन साङपाङ राईले बताए ।