
रेडक्रस सभापति चन्द्र शाह स्वास्थ्य सामाग्री बुझ्दै
दमक,२९ बैशाख । कोरोना भाइरसको थप संक्रमण हुन नदिन जिल्लाको कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीमा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले आज स्थानीय तीन वटा संस्थालाई स्वास्थ्य सामाग्री दिएको छ ।
सहकारीले आज आफनै कार्यालयमा स्वास्थ्य मापदण्ड पालना गरि ती सामग्रीहरु प्रदान गरिएको अध्यक्ष दिनेश अधिकारीले वताए ।
जसअन्तर्गत कमल- ५ को गुहेश्वरी युवा परिवार , कमल -५ कै नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखा र कमल -७ कै मोक्क्षेश्वर शिव पञ्चायन तथा दुर्गा मन्दिरलाई ती स्वास्थ्य सामाग्रीहरु दिईएको उनले जनाएका छन् ।
संक्रमणका समयमा थप जोखिम फैलिन नदिन सहकारीले सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत दोश्रो चरणको महामारीका समयमा पिपिई ,माक्स,सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु उपलव्ध गराइएको सहकारीले जनाएको छ ।
पहिलो चरणको संक्रमणका समयमा समेत सहकारीले आफना सदस्यहरुलाई त्यस्ता सामाग्रीहरु उपलव्ध गराएको थियो ।