दमक,२९ बैशाख । दमकमा आज २ जना संक्रमितको मृत्यु भएको छ । दमक कोभिड अस्पतालमा मोरङको उर्लाबारी राजघाटकी ४६ बर्षिया महिला र आम्दा अस्पताल दमकमा रुपन्देहीका ६५ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालकी सूचना अधिकारी देवी दंगालले वताइन् ।
दमकका ४ वटा अस्पतालमा अहिले ६३ जना कोभिडका बिरामीको उपचार भइरहेको दंगालले जानकारी दिइन् । बिरामी मध्ये २ जना लाइफलाइन अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । ती मध्ये १३ जना जिल्ला बाहिरका रहेका छन् ।
यसैवीच दमकमा कोरोनाको दोश्रो नयाँ भेरियन्टको संक्रमण बढ्दो छ । बैशाख २७ गरिएको पिसिआर परीक्षणमा आधा बढीमा संक्रमण पुष्टि भएको हो । दमकमा ९९ जनाको परीक्षणमा ६० जनामा संक्रमण देखिएको हो । दमकमा अहिलेसम्म ८ जना संक्रमितको मृत्यु भइसकेको छ । दमकमा जिल्लाकै सबैभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।