दमक,२९ बैशाख । विषादी सेवनबाट दमकमा एक जना युवाको ज्यान गएको छ ।चार दिन अघि झारपात मार्ने विषादी सेवन गरेर घाईते भएका दमक नगरपालिका वडा न. ९ पूर्वेली टोलका ३२ बर्षिय रोशन थापाको ज्यान गएको हो ।
विष सेवनबाट सिकिस्त भएका थापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा सोमबार विहान उपचारका क्रममा मृत्युभएको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ ।