खेलकुद महोत्सवः मिनी म्याराथनको उपाधि पुरूषतर्फ भीषण र महिलातर्फ अंकितालाई

पथरी शनिश्चरे, २९ बैशाख । पथरीशनिश्चरेमा सञ्चालित १० किलोमिटर लामो मिनीम्याराथनको उपाधि पुरुषतर्फ भीषण राई र महिलातर्फ अंकिता राईले जितेकी छन् ।
पथरीशनिश्चरे वडा नं ८ को दोहलु शुक्रबारेदेखि वडा नं ५ को सुन्दरी चोकसम्मको १० किलोमिटर दुरीमा म्याराथन प्रतियोगितामा भीषणले (२६ मिनेट ५७ सेकेण्डमा दुरी पूरा गरि उपाधि जिते भने महिलातर्फ अंकिता राई ( ३८ः१६ मिनेट)ले उपाधि जितिन् ।

“पथरी शनिश्चरेको पहिचान, स्थानीय खेलाडीको उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना भइरहेको दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव –२०८२ का अवसरमा सो प्रतियोगिताको आयोजना गरिएको हो।

सो म्याराथन प्रतियोगिता अन्तर्गत पुरूषतर्फ द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरू क्रमशः सोनुप राई (२७ः२० मी), आशिष मण्डल ( २७ः३७) र प्रशान्त पौडेल ( २७ः५६मी) ले १० किलोमिटर लामो दुरी पूरा गरेका थिए ।

सोहि प्रतियोगिता महिला तर्फबाट द्धितीत, तृतीय र सान्त्वना स्थान हासिल गर्ने खेलाडीहरू क्रमशः स्मारिका गौतम ( ४१ः२८ मि.), सुविक्षा लिम्बू ( ४२ः०३) र मनिका माझी ( ४२ः५० मि.)ले १० किलेमिटर दुरी पूरा गरे ।
उक्त अवसरमा १२ वर्षका चोलुङ शेर्माले ४८ मिनेटमा सो दुरी पार गरेका थिए। यसैगरी, भेट्रान धावक प्रदीप कुमार राईले ३३५ मिनेटमा पार गर्दै सहभागिता जनाएका थिए।
उक्त म्याराथन प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर देवीमाया काफ्लेले रिबन काटेर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published.