पथरीशनिश्चरे, २९ बैशाख । मोरङको पथरीशनिश्चरे -२ मा रहेको बाल्मिकी मेमोरियल आवासीय माध्यमिक विद्यालयले चार जिपिए ल्याउने २८ जना विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
विद्यालयले आईतवार एक कार्यक्रमको आयोजना गरि २०८१ सालको फाईनल परीक्षामा कक्षा ६ देखि १० सम्म “फोर जिपिए“ ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित पुरस्कृत गरेको हो । उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका अतिथिहरुले पुरस्कृत गरिएको थियो ।
पथरी शनिश्चरे नगरका प्रबक्ता तथा वडा न. ८ का वडाध्यक्ष नविन कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयले प्रत्येक त्रैमासिक परीक्षामा फोर जिपीए ल्याउने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद ५ हजार पुरस्कृत गर्दै आएको विद्यालय निर्देशक नवलकिशोर खनालले बताए । शैक्षिक क्षेत्रमा मोरङमै उत्कृष्ट नतिजा ल्याउन सफल बाल्मिकिमा १२ सय माथि विद्यार्थी पठनपाठन गर्दै आएका छन् । विद्यालयमा कक्षा १२ सम्म पढाई हुदै आएको छ ।