नर्सिङ्ग दिवसमा रक्तदान, २५ पिन्ट रगत संकलन

दमक ,३० बैशाख । अन्तराष्ट्रिय नर्सिङ्ग दिवसका अवसर पारेर आइतवार दमकमा आयोजित रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ ।दमक अस्पतालका नर्सिङ्ग कर्मचारीहरुले अस्पताल परिषरमा राखेको रक्तदानमा अस्पतालकी सूचना अधिकारी देवी दंगालसहितले रगतदान गरेका थिए । रक्तदानमा अस्पतालका स्वास्थ्यकर्मी,सर्वसाधारणहरुले रगतदान गरेका थिए । रक्तदाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो । रक्तदान रेडक्रस दमकस्थित रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
सोहि कार्यक्रममा दमक बहुमुखी सहकारी संस्थाले लामो समय सम्म नर्सिङ्ग पेशामा योगदान पुरयाँएकी अनिता थापालाई र ओली एन्ड एसोसियट्स दमक शाखाले कोरोनाका समयमा महत्वपूर्ण योगदान पुरयाँएको भन्दै दमक अस्पताललाई सम्मान प्रदान गरिएको थियो ।त्यस्तै, वडा नम्वर १ वडा कार्यालयले आइस बक्स सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published.