दमक बहुमुखी क्याम्पसमा इ–लाईव्रेरी सञ्चालनमा

दमक,३० बैशाख । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीहरुका लागि आजदेखि इ–लाईव्रेरी सञ्चालनमा ल्याईएको छ । क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिले एक कार्यक्रम बीच इ–लाईव्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डिराज भण्डारीले शुभारम्भ गरे ।
इ–लाईव्रेरीको उद्घाटनका क्रममा अध्यक्ष भण्डारीले शिक्षण सिकाईलाई प्रविधियुक्त संगै प्रभावकारी बनाउन यस कार्यले सघाँउ पुरयाँउने विश्वास व्यक्त गरे ।
लाईव्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार शुरुवातीका क्रममा पाँच वटा कम्प्यूटर राखेर इ–लाईव्रेरीको सञ्चालनमा ल्याईएको छ । आवश्यकता अनुसार थप विस्तार गदैं लैजाने लक्ष्य राखिएको उनको भनाई छ । उनले इ–लाईव्रेरीबाट विद्यार्थीहरुले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्स लगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताए ।
क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिका संयोजक वेदु गौतमको अध्यक्षतामा भएको इ–लाईव्रेरी उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका सदस्य गेहनाथ पोख्रेल लगायतले इ–लाईव्रेरीको महत्व र उपयोगिताको विषयमा चर्चा गरेका थिए ।
क्याम्पसले यसअघि भने अध्यापकहरुका लागि इ–लाईव्रेरी स्थापना गरेको थियो । क्याम्पसमा विद्यार्थीका लागि लाईवे्ररी स्रोत ,साधनले मजवुत भएपनि हाल सञ्चालनमा रहेको लाईव्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा संघीय सरकारसंग आवश्यक बजेटका लागि पहल भईरहेको पुस्तकालय ताथा प्रयोगशाला ब्यबस्थापन उपसमितिका संयोजक गौतमले बताए ।
इ–लाईव्रेरी शुभारम्भ कार्यक्रममा क्याम्पसका अध्यापक तथा दमक जेसीजका अध्यक्ष रामचन्द्र अधिकारी, क्याम्पसका प्रमुख प्रशासकीय अधिकृत पदम घिमीरे,सामाजिक अगुवा दिनेश अधिकारी प्राध्यापकहरु, सञ्चालक समिति,लगायतको उपस्थिति रहेको थियो ।
पूर्वकै एक ठुलो यस क्याम्पसमा अहिले करिव ६ हजार विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published.