दमक ,२८ बैशाख । नेपाली कांग्रेसले सञ्चालन गरेको दुई महिने संगठन सुढृढिकरण अभियान अन्तरगत दमक र कमलमा अन्तरकृयात्मक अभिमुखीकरण कार्यक्रम गरिएका छन् ।
पार्टी संगठन सुढृढिकरणमा सहयोग पुरयाउँने उद्देश्यले सञ्चालनमा रहेको अन्तरकृयात्मक भेला दमकका १० वटै वडा र कमलका ७ वटै वडामा सम्पन्न भईसकेका छन् ।शनिवार दमक ८ र ७ वडामा आयोजित अन्तरकृयात्मक भेला भएको थियो ।
दमक- ८ स्थित केवीआर होटलमा आयोजित वडा भेलामा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे लगायतले अभियानको विषयमा बोलेका थिए । कांग्रेस वडा सभापति चन्द्र खत्रीको अध्यक्षतामा भएको वडास्तरिय अन्तरकृयामा कांग्रेस वडाका नेता तथा कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।यसैगरि, शनिवारनै दमक ७ मा वडास्तरिय अन्तरकृयात्मक अभिमुखीकरण भेला सम्पन्न गरिएको वडासभापति अतित वान्तवा राईले बताए ।
पार्टीकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यता तथा कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको विशिष्ट आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टीका प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, भूमिराज राई, कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, महाधिबेशन प्रतिनिधि विक्रम अधिकारी, दमक नगर सभापति प्रकाश प्रसाई,कांग्रेस प्रदेश (ख)का सभापति रवि केसी, दमक- ९ का सभापति युवराज कोइराला ,कांग्रेस दमकका पूर्व नगर सभापति रोशन विष्टलगायतको उपस्थिति रहेको थियो ।
भेलामा बोल्दै केन्द्रीय सदस्य लिम्बू, जिल्ला उपसभापति पाण्डेले पार्टी संगठन बलियो बनाउन सकेमात्र कांग्रेसको भविष्य रहेको भन्दै पार्टीलाई जनतासंग जोड्न लाग्नु पर्ने जोड दिएका थिए । कांग्रेस वडासचिव ललित मगरले सञ्चालन गरेका थिए भने सो कार्यक्रममा सहभागि पार्टी कार्यकर्ताहरुले पार्टी संगठन सुढिढकरणका विषयमा आ–आफना धारणा राखेका थिए ।
कमल २ मा वडा भेला
कांग्रेस कमल -२ वडासमितिको आयोजनामा आइतवार अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।योसंगै कमलका सात वटै वडामा अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण कार्यक्रम सम्पन्न गरिएको कांग्रेस कमलका सभापति खगेन भण्डारीले बताए ।
कांग्रेस वडा सभापति दीलिप भण्डारीको सभापतित्व तथा कांग्रेस झापाका जिल्ला उपसभापति केशव पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलामा पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी ,कांग्रेस कोशी प्रदेश सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, महाधिवेशन प्रतिनिधि राजन बहादुर ढुङ्गाना , पार्टी उपसभापति तथा कमल १ का वडाअध्यक्ष केदार कटवाल लगायत क्षेत्रीय सदस्य तथा प्रतिनिधि, क्रियाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।