पितृको स्मृतिमा केरुङ परिवारद्धारा सहयोग

दमक,२८ बैशाख । झापा,कमल गाउँपालिका वडा न. ७ मेमेङ टोलकी दिवंगत सामाजिक व्यक्तित्व गौमाया केरुङको स्मृतिमा उनका परिवारले एक जना विरामीसहित तीन वटा क्षेत्रमा आर्थिक सहयोग गरेका छन् ।

दिवंगत केरुङको आइतवार पाँचौ वार्षिक पूण्यतिथीका अवसर पारेर सोही वडामा निर्माणाधीन किरात युमा माङहिमलाई २० हजार, विरामी वीरवल लिम्बूलाई उपचार खर्च वापत रु २५ हजार र सोही वडाकी सानी लिम्बूकी छोरी जेनिसा मगरलाई पढाई खर्चका लागि रु ५ हजार रुपैया प्रदान गरिएको हो ।
सो सहयोग दिवंगत केरुङका छोराहरु भीम केरुङ, मोहन लिम्बू, छोरीहरु अमृतमाया लिम्बू (शान्ता ) , छोरी चेसुङ लिम्बूसहितका परिवारको टोलीले ती सहयोग उपलब्ध गराएका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा किरात युमा माङमिहका उपाध्यक्ष पूर्णकुमार मावो, फाल्गुनन्द आमा समूहकी नन्दा लिम्बू, डम्बरकुमारी लिम्बू लगायतको उपस्थिति रहेको थियो ।

केरुङ परिवारले आफना पितृको सम्झनामा एक अक्षयकोष खडा गरि कोषबाट प्राप्त हुने व्याजबाट सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको छोरा भीमराजले बताए । पितृको स्मृतिमा दाता केरुङ परिवारजनले वर्षेनी विपन्न समुदाय लक्षित विभिन्न सामाजिक कार्यमा सहयोग पुरयाँउदै आएको छ ।
स्व. गौमायाका श्रीमान गणेशबहादुर केरुङ सामाजिक व्यक्तित्वका रुपमा चिनिन्छन् । सो टोलकै पूराना बासिन्दा समाजसेवी गणेशबहादुरले सोहि माङहिमलाई लाखौ मूल्य पर्ने २ कठठा जमीन निशुल्क दिएका थिए ।

Leave a Reply

Your email address will not be published.