दमक,२९ बैशाख ।नेकपा एमाले कमल गाउँ कमिटीको दोस्रो अधिवेशनले हरि ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ गाउँकमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अकल बहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत चयन भएको थियो भने सचिव र उपसचिव पदमा भने निर्वाचन भएको थियो ।
सचिवमा बीरेन्द्र अधिकारी,उपसचिवहरुमा भीम प्रसाद चापागाई र हिमादेवी नेपाली चुनिएको अधिवेशनमा सहभागी एमाले जिल्ला कमिटी सदस्य दिपक खड्काले जानकारी दिए । युवा,दलित,महिला लगायतका कलस्टर सहित ७५ सदस्यीय गाउँ कमिटी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।