दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु

मोरङ,२८ बैशाख । मोरङमा सवारी दुर्घटना हुदाँ एक जना झापालीसहित दुई जनाको मृत्यु भएको छ । मोरङको ग्रामथान गाँउपालिका–६ बिराटचोकस्थित सडक खण्डमा प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बा. प्र.०३–००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका–७ का ४२ बर्षीय जिबन दाहालको घटना स्थलमानै मृत्यु भएको हो ।
त्यसैगरी रंगेली नगरपालिका–५ मा प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार रतुवामाई नगरपालिका–५ की ५० बर्षीया मानकीदेवी साहको मृत्यु भएको हो। साहको उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरज कुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.