‘दउवा संघ’को सल्लाहकार समिति, संयोजकमा श्रेष्ठ

दमक,२८ बैशाख । दमक उद्योग वाणिज्य संघले सल्लाहकार समिति गठन गरेको छ । संघको हालै सम्पन्न बैठकले अग्रज व्यवसायी राजकुमार श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा रवि न्यौपाने,तिर्थराज बस्नेत, सुमित्रा प्रसाई ,चन्द्राकुमारी खड्का भट्टराई,उदिमकुमार विश्वकर्मा,रेवत बस्नेत,महेन्द्र चाम्लिङ र युवराज घिमीरे रहेको संघले जनाएको छ ।
संघको विधानबमोजिम संघलाई राय,सुझाव प्रदान गर्न उक्त समिति गठन गरिएको अध्यक्ष गोपाल गुरागाईले बताए ।
यसैवीच नवगठित सल्लाहकार समिति र कार्यसमिति सचिवालयवीच यहि बैशाख ३१ गते विहान ८ वजे संघको कार्यालयमा बैठक बस्ने समेत संघद्धारा प्रेसित मनोनयन पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.