नगर प्रमुखका उम्मेदवार थापा अस्वस्थ्य

दमक२८ बैशाख । संयुक्त गठबन्धनबाट दमक नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार रामकुमार थापा अस्वस्थ्य भएका छन् । दुई दिनदेखि अस्वस्थ्य भएका उनलाई आज विहान उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएको हो ।
उम्मेदवार थापा चुनावी अभियानका क्रममा धपेडीसंगै खानपानमा एक्कासी समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको गठबन्धनमा संलग्न दल नेपाली कांग्रेस दमकका पूर्व नगर सभापति रोशन विष्टले जानकारी दिए । उनका अनुसार उम्मेदवार थापालाई ‘फूडपोइजन’ भएको बुझिएको छ । चिकित्सकको भनाई उद्धृत गर्दे कांग्रेस नेता विष्टले अस्पताल भर्ना गरिएका र उनको अवस्था भने खतरामुक्त भएको बताए । उम्मेदवार थापा कांग्रेस, माओवादी केन्द्र, जसपा,राप्रपासहितको संयुक्त गठबन्धनबाट नगरप्रमुखका प्रत्यासी हुन् ।

Leave a Reply

Your email address will not be published.