दमकमा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु

दमक,२८ बैशाख । ट्रकको ठक्करबाट गएराति दमकमा एक जना स्कुटी चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा स्कुटी चालक ताप्लेजुङ दोभान बस्ने २२ वर्षीय अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बू दमक थकाली किचन घरका कर्मचारी भएको खुलेको छ ।

सोहि घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका वडा न.४ बस्ने ४२ वर्षीया सृजना राई समेत घाइते भएकी र उनको अवस्था पनि गंभीर रहेको प्रहरीे जनाएको छ ।
उनीहरु कामबाट कोठातर्फ फर्किदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरीका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार गएराति अन्दाजी १०ः१५ बजे दमक नगरपालिका वडा न.१ स्थित रबि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो ।

घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल उपचार भईरहेको छ ।दुर्घटना पछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटी प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published.