कविराजले गरे पूजाको हत्या

झापा,२८ बैशाख । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । हत्या लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिवार राती ११ः२० बजेको समयमा कनकाई नगरपालिका वडा नं. २ सुकेडागी बस्ने ३५ बर्षिय कविराज हेमरनले आफनी ३४ बर्षिया श्रीमती पूजा हेमरनलाई खुकुरीले घाटीमा प्रहार गरी हत्या गरेका थिए ।
खुकुरी र श्रीमान् कविराज हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले खुकुरी जफत गरेको छ भने घटनाका बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.