पत्रकार खम्बूलाई चन्द्रमान राई स्मृति पुरस्कार

अर्जुनधारा ,२७ बैशाख । झापा,अर्जुनधाराका पत्रकार अमित खम्बू पुरस्कृत भएका छन् ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ झापाको शनिबार सम्पन्न भएको २१औं परिषद् सभामा चन्द्रमान राई स्मृति पुरस्कारबाट पूर्वाञ्चलकर्मी खम्बू पुरस्कृत भएका हुन् ।

महासंघका अध्यक्ष वेदप्रकाश भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि महासंघका राष्ट्रिय कार्यसमिति सदस्य रोहिणीप्रसाद गौतम, महासंघ कोशी प्रदेश सदस्य खेम सिटौला र अध्यक्ष भण्डारीले उनलाई सम्मान पत्र, नगद पुरस्कार सात हजारसहित दोसल्ला ओढाई पुरस्कृत गरेका थिए ।
पत्रकारिताको माध्यमबाट सामुदायिक वनको हक, हित र अधिकार स्थापना साथै वनको संरक्षण र व्यवस्थापनमा पु¥याइएको योगदानको मूल्याङ्कन गर्दै पत्रकार खम्बूलाई पुरस्कृत गर्ने निर्णय कार्यसमितिले गरेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

त्यसैगरी चन्द्रमान राई स्मृति पुरस्कारबाट डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत जीवनप्रसाद पाठकलाई पनि सम्मान पत्रसहित नगद पुरस्कार सात हजार र दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो ।

बिर्तामोडमा पाँचजना सर्जकलाई सम्मान

झापाको बिर्तामोडमा पाँचजना सर्जकलाई सम्मान गरिएको छ । साहित्य चौतारी बिर्तामोडले पाँच जना सर्जकलाई अभिनन्दन गरेको हो । चौतारीले मासिक सांङ्गीतिक काव्यसभा साथै २५६९ औं बुद्धजयन्तीको अवसर पारेर राष्ट्रिय कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, आरपी पन्त, नवराज श्रेष्ठ र लेखक बिनोद बिष्टलाई सम्मान तथा अभिन्दन गरेको हो ।

साहित्य चौतारीका अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । चौतारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन गजलकार दिलिप घिमिरेले गरेका थिए ।

उक्त कार्यक्रमपछि मासिक सांङ्गीतिक काव्यसभा साथै नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका नयाँ पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिवार नेपाली चलचित्रमा स्थानीय संस्कृतिको प्रभाव बिषयक अन्तरक्रियात्मक कार्यक्रम पनि गरिनेछ ।
श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल फिल्म सोसाइटी कोशी प्रदेश सर्वसम्मत चयन भएको थियो भने अनिरुद्र ओलीको संयोजकत्वमा सल्लाहकार समिति पनि चयन भएको थियो । सो कार्यक्रम कोशी प्रदेश खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्य कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published.