हलुका सवारी श्रमिकको बार्षिकोत्सवमा सरसफाई

दमक,२७ बैशाख । स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले दमकमा संचेतना मुलक सरसफाई गरेको छ । हलुका सवारी श्रमिक संस्थाको प्रथम बार्षिकोत्सवको अवसरमा दमक बस पार्क र नयाँ ट्याक्सी स्टेण्डमा वृहत सरसफाई गरिएको थियो ।

संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरिएको थियो ।सो अवसरमा संस्थाको अध्यक्ष श्रेष्ठले दमकमा हलुका सवारी चालकहरुबीच एकता, पेशागत हक–अधिकार र सामाजिक सेवामा सहभागिता हुने उदेश्यले एक वर्षअघि स्वरोजगार हलुका सवारी श्रमिक संस्था स्थापना भएको बताए ।
संस्थाका सचिव वेनुराज प्रसाईका अनुसार शुक्रवार सम्पन्न सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका टोली, ट्राफिक प्रहरी कार्यालय दमकका टोली, जीवन चक्र समाज नेपालका प्रतिनिधिहरु र स्वरोजगार हुलुका सवारी श्रमिक संस्थाका पदाधिकारीहरु र संस्थाका सदस्यहरुको सहभागिता थियो ।

यसअघि, औपचारिक कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाई, दमक ७ का वडाध्यक्ष भीम पौडेल, ६ का अध्यक्ष टेकबहादुर थापा, ८ का अध्यक्ष दिपेश दाहाल, दमक खानेपानी सरसपाmई उपभोत्ता समितिका अध्यक्ष रवि न्यौपाने लगायत दमकका सामाजिक अगुवाहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.