डा. लेखनाथ न्यौपाने
मोबाइलले के खाएन ? रेडियो खायो, टेलिभिजन खायो, पत्रपत्रिका खायो, साथीभाई खायो, बाहिरी खेलकुद खायो, पुस्तक पढने बानी खायो, सिनेमा हेर्ने बानी खायो, बालपनको रमाइलो खायो, युवाको भेटघाट र मस्ती खायो, आफन्त र छिमेकी सिध्यायो, गर्दागर्दा आप्mनै परिवार पनि नचिन्ने बनायो । तर, मोबाइलले यस्तो बनायो उस्तो बनायो भनेर उसलाई दोष मात्र दिइएको हो । बिगार्ने त हामी अभिभावक नै हौं । पहिला हामी बिग्रियौं अनि छोराछोरी पनि बिगार्र्यौ । सजिलो र सबैकुरा यसैमा रहेछ भनेर हामीले मोबाइलमा समय खर्चिन थाल्यौं । त्यही कुरा नानीबाबुहरुले देखे, रमाइलो माने, बाबुआमाको समय निकाली दिन थाले, भुलिन थाले, यो पो रहेछ केटाकेटी भुल्याउने र आफु फुर्सद हुँने उपाय भनेर मोबाइल दिन थाल्दा थाल्दै आज बिना मोबाइल खाना खान त के चर्पि जान पनि बिर्सिन थाले नानीहरुले ।
…………………………………………………………………………………………………………………
सिनेमा मात्र आँखाको रमिता र रमाइलो होइन केहि नयाँ विषय र समाजका समस्या अनि तिनको सामाधानको उपाय पनि हो । नेपाली भाषामा पहिलो सिनेमा वि.स. २००७ सालमा सत्य हरिषचन्द्र बनेपछि विस्तारै आमालगायतका सिनेमा बन्न सुरु भए । २०४६ सालको जनआन्दोलनपछि धेरै सिनेमा बने । कुनै रोमान्टिक बने, कुनै दुःखका पाटा केलाउने बने, कनै इतिहास बुझाउने बने, कुनै देशप्रेमले भरिएका बने, कुनै समसामयिक विषयलाई समेटेर बने भने कुनैले इतिहासको कालो पाटो उजागर गर्ने सिनेमा बने ।
यही क्रममा केहि वर्ष अगाडी यादवप्रसाद भट्टराई निर्देशित सिनेमा झोला बन्यो, जसले सतिप्रथाजस्तो कुसंस्कारलाई बाहिर ल्याउन सफल बन्यो । र, हामीजस्ता नदेखेका नभोगेका पिडीले महशुस गर्न पाइयो । त्यसको केहि समयपछि भोर नामक चलचित्र दाइजो प्रथाको कुसंस्कारलाई बाहिर ल्याउन सफल भयो । निर्देशक यादवप्रसाद भट्टराईलाई यस्तै चलचित्र बनाउन मन लाग्छ । यो उनको समाजलाई हेर्ने उच्च दृष्ट्रिकोण हो । अहिले आजको सबैभन्दा डरलाग्दो र हरेक घरको समस्या बनेको मोबाइल एडिक्सनको असरकाबारेमा झिल्को सिनेमा लिएर हलमा आएका छन् ।
झिल्को( द स्पार्क) नाम दिइएको यो सिनेमाले समाज र हरेक घरमा त्यसमा पनि साना बालबालिकामा मोबाइललगायतका डिभाइसको अत्यधिक प्रयोगले उत्पन्न भएका समस्या र भविष्यमा हुन सक्ने दुर्घटनाका बारेमा सर्तकता कसरी ल्याउन सकिन्छ भनेर समाधान पनि खोजिएको सिनेमा हो । हामी मानिस विज्ञानको चरम उपयोग र उपभोगमा छौंं । विज्ञानले यो प्रकृतिको यसरी उपयोग गर्यो कि अब खोज्न केहि बाकी छैन जस्तो लाग्छ । यसैको एउटा उदाहरण हो मोबाइल । जान्दा यसमा संसार छ । सदुपयोग गर्दा ज्ञानको भण्डार यसैमा छ । नजान्दा विशेष गरेर युवा त्यसमा पनि केटाकेटी ठूलो नसामा फसेका छन् । घरघरमा यस्तोसम्म भइसक्यो कि अबका बच्चाले मोबाइल नबोकी आची पनि गर्न सक्दैन । सारा संसार यही ग्याजेटले खाइदियो ।
………………………………………………………………………………………………………………………………..
यस्तो विकराल अवस्थालाई मध्यनजर गरेर मोबाइलको एडिक्सनले मानिस त्यसमा पनि केटाकेटीलाई कहाँसम्म पुर्याउछ र कसरी यस्ता समस्याबाट बाहिर निकालेर सामान्य अवस्थामा केटाकेटी र आफुलाई पनि ल्याउन सकिन्छ भन्ने उपायसहितको फिल्म झिल्को धेरै अनुसन्धान, मनोचिकित्सक सँगको परामर्श, समाजको आवश्यकता आदिलाई मध्यनजर राखेर बनेको समसामयिक चलचित्र हो झिल्को । तपाई आफुमात्र नगएर साना नानी र परिवारका सदस्यासहित सिनेमा हल गएर हेर्न नछुटाऔं । यस्ता सिनेमाहरु कमै बन्छन् र समाजले कमै भेट्छ हेर्नलाई ।
……………………………………………………………………………………………………………………..
मोबाइलले के खाएन ? रेडियो खायो, टेलिभिजन खायो, पत्रपत्रिका खायो, साथीभाई खायो, बाहिरी खेलकुद खायो, पुस्तक पढने बानी खायो, सिनेमा हेर्ने बानी खायो, बालपनको रमाइलो खायो, युवाको भेटघाट र मस्ती खायो, आफन्त र छिमेकी सिध्यायो, गर्दागर्दा आप्mनै परिवार पनि नचिन्ने बनायो । तर, मोबाइलले यस्तो बनायो उस्तो बनायो भनेर उसलाई दोष मात्र दिइएको हो । बिगार्ने त हामी अभिभावक नै हौं । पहिला हामी बिग्रियौं अनि छोराछोरी पनि बिगार्र्यौ । सजिलो र सबैकुरा यसैमा रहेछ भनेर हामीले मोबाइलमा समय खर्चिन थाल्यौं । त्यही कुरा नानीबाबुहरुले देखे, रमाइलो माने, बाबुआमाको समय निकाली दिन थाले, भुलिन थाले, यो पो रहेछ केटाकेटी भुल्याउने र आफु फुर्सद हुँने उपाय भनेर मोबाइल दिन थाल्दा थाल्दै आज बिना मोबाइल खाना खान त के चर्पि जान पनि बिर्सिन थाले नानीहरुले ।
स्कुल जान नमान्ने, एकछिन मोकाइल हातमा छैन भने केके न भएजस्तो कोलाहल मचिन्छ घरमा । अत्यधिक मोबाइलको दुरुपयोगले कब्जियत, पायल्स, मोटोपना, कमजोर शरीर र खाना नरुच्नेदेखि निद्रा नलाग्ने, झनक्क रिसाउने अनि फन्किएर झगडा गर्ने जस्ता समस्या हरेक घरमा भित्रिए ।
आजका दिनमा घरका हरेक सदस्यका हातमा मोबाइल हुन्छ । पाहुन जान त मनै लाग्दैन विशेष गरेर केटाकेटीलाई, गइहाले भने पनि पहिला वाइफाई छ छैन त्यता ध्यान जान्छ । को हो, के हो, नाता सम्बन्ध के छ, नमस्कार केहि छैन बस वाइफाई जोड्यो अनि आप्mनै धुनमा । घरका ५ सदस्य छन् भने पाँचतिर मुख फर्काएर आफैमा मस्त । आप्mना र घरका सदस्यसँग मुखामुख गरेर कुरा नगरेर खै कोसँग रमाएको हो, बेलेको हो, के खोजेको हो थाहै हुँदैन । कसैलाई कसैको वास्ता छ, न कसैका कुरा सुन्ने फुर्सद नै छ । यस्तो अवस्थामा सबैभन्दा पिडामा छन् जेष्ठ नागरिक । न उनीहरुसँग मोबाइल नै हुन्छ न चलाउन आउछ ।
दुःखले चलाउन सिकेकाले पनि छोरा नातीको गाली खानु पर्छ किन चाहियो मोबाइल भनेर । समय विताउन न परिवारका सदस्य बोल्छन् न के कस्तो छ भनेर हालचाल र सेवा नै गर्छन् । सबैलाई म भन्दिन तर अधिकाशं घरको व्यथा हो यो । विहान विद्यालय जान ढिलो भइसक्यो नानी मोबाइलमै व्यस्त न गृहकार्य गरेको छ न खान खान मान्छ । फसाद आमालाई । आमा बाहिर हुँनेले हजुरआमा अनि अरु सदस्यलाई ।
यस्तो विकराल अवस्थालाई मध्यनजर गरेर मोबाइलको एडिक्सनले मानिस त्यसमा पनि केटाकेटीलाई कहाँसम्म पुर्याउछ र कसरी यस्ता समस्याबाट बाहिर निकालेर सामान्य अवस्थामा केटाकेटी र आफुलाई पनि ल्याउन सकिन्छ भन्ने उपायसहितको फिल्म झिल्को धेरै अनुसन्धान, मनोचिकित्सक सँगको परामर्श, समाजको आवश्यकता आदिलाई मध्यनजर राखेर बनेको समसामयिक चलचित्र हो झिल्को । तपाई आफुमात्र नगएर साना नानी र परिवारका सदस्यासहित सिनेमा हल गएर हेर्न नछुटाऔं । यस्ता सिनेमाहरु कमै बन्छन् र समाजले कमै भेट्छ हेर्नलाई ।अन्त्यमा यस्तो समाजको पीडा र व्याथालाई फिल्मको रुपमा ल्याएर समाजलाई पुनः पहिलेकै सामाजिक अवस्थामा ल्याउन लागिपर्ने समाज बुझेका निर्देशक यादबप्रसाद भट्टराई र वहाँको सम्पूर्ण टिमलाई धेरै धन्यवाद भन्दै सिनेमाको सफलताको शुभकामना दिन्छु यो आलेख यहीँ विट मार्छू । (लेखक, दमकका पूराना होमियो चिकित्सक हुन् । )