पत्रकार झापालीले ल्याए ‘हिजाब’

दमक,२६ बैशाख । दमकका पत्रकार गोपाल झापालीको कथासंग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको झापालीको उक्त कथासंग्रह शुक्रबारदेखि बजारमा आएको हो ।

कृतिमा लामा तथा छोटा गरी २१ कथा संग्रहित छन् । पुस्तकको आज काठमाण्डौमा एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् ।

२४२ पृष्ठको संग्रहका अधिकांश कथामा यथार्थपरक र नेपाली समाजभित्रकै विषय समेटिएका छन् । केही कथा भने स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताए ।
अढाई दशकदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निबन्ध तथा अन्य रचना फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.