टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर,२७ बैशाख । टिपरको ठक्करबाट मोरङको ग्रामथान गाउँपालिका ६ नेता चोकमा आज दिउँसो एक जनाको मृत्यु भएको छ ।बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काफ्ले विराट चोकबाट स्कुटरमा विराटनगरतर्फ आइरहेका थिए । सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।तीव्र गतिमा आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटर चालक काफ्लेको ज्यान गएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तीव्र बनाएको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरीर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । घिनाघाट–विराटचोक सडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । तीव्र गतिमा टिपर गुडाउने भएकोले यस सडकमा दुर्घटना बढी हुने गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.