नेविसंघ दमक विस्तारित ,२७ सदस्यीय समिति बन्यो

दमक,२७ बैशाख । नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ ) दमक नगर समिति विस्तार गरिएको छ ।संघका नगर सभापति बिशाल अधिकारीले विधान बमोजिम पदाधिकारी र सदस्यहरुको मानोनयनहरु गरि पूर्णता दिएका हुन् ।२७ सदस्यीय विस्तारित  कार्यसमितिको उप–सभापतिद्धयमा भुपेन्द्र गौली ,सुगम पौडेल , सचिवद्धयमा पंकज न्यौपाने र समिर तामाङ,सह–सचिवत्रयमा सरोज पुरी, अनुज कोईराला र विवशा अधिकारीलाई र कोषाध्यक्षमा सुस्मिता लुईटेललाई मनोनयन गरेका हुन् ।
यसैगरि, सदस्यहरुमा सक्सेन भट्टराई, यूगल कुँवर, निश्चल अधिकारी, नितेश बस्नेत, विनोद खडालम, रुस्तम मगर, प्रविण गौतम, अस्मिता धिमाल,प्रविण भट्टराई, एरिका अग्रवाल, रंजीत राजबंशी, सुरज शाह, मेघराज राई, प्रज्वल ढुङ्गाना, खुसी अग्रवाल, सञ्जोग ढुङ्गाना र भावना खड्कालाई मनोनयन गरेको संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संघको मंगलवार सम्पन्न भेलामा पार्टी नगर सभापति दिपेश दाहाल, नेविसघंका झापाका निवर्तमान उप–सभापति भरत दुलाल, वर्तमान उपसभापति द्रोण दाहाल लगायत नेतृत्वको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.