गौरादह उद्योग वाणिज्य संघमा पुनः जेबी निर्वाचित

गौरादह, २७ वैशाख । गौरादह उद्योग वाणिज्य संघमा पुनः जीत बहादुर कार्की (जेबी) निर्वाचित भएका छन् । मंगलबार सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनको अन्तिम मत परिणामबाट कार्की अध्यक्षमा निर्वाचित हुँदै दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।

वडा ३ स्थित सामुदायिक भवन परिसरमा सम्पन्न निर्वाचनको मतगणना अनुसार कार्कीले २ सय ५० मत पाएका थिए। प्रगतिशील समहबाट अध्यक्षको उम्मेद्वार रहेका कार्कीले स्वतन्त्र उमेदवार प्रकाश बाँस्कोटालाई ६८ मत अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।दोस्रो स्थानमा रहेका बाँस्कोटाले १ सय ८२ मत पाएका थिए । लोकतान्त्रिक समूहबाट अध्यक्षको उमेदवार रहेकी लक्ष्मी बाह्रकोटी प्रसाईंले १ सय ७८ मत पाएकी थिईन्।

प्रथम उपाध्यक्षमा अशोक चुडाल २ सय ६७ मत प्राप्त गरि निर्वाचित भएका छन। द्वितीय उपाध्यक्षमा दिल बहादुर अधिकारी (खत्री) ३ सय १९ मत प्राप्त गरि निर्वाचित भएका छन्। तृतीय उपाध्यक्षमा तारा कुमार श्रेष्ठ २ सय ६३ मत प्राप्त गरि विजयी भएका छन् । महासचिव पदमा लोकतान्त्रिक समुहका इश्वर कुमार खत्री (अधिकारी) २ सय ४९ मत प्राप्त गरि विजयी भएका छन् । उनले प्रगतिशील समूहका क्रान्ति दिप काफ्लेलाई ४६ मतान्तरले पराजित गरेका थिए। काफ्लेले २ सय ३ मत पाएका थिए । कोषाध्यक्षमा हरि कार्की ३ सय १९ मत प्राप्त गरि निर्वाचित भएका छन् । कार्कीले कमला नेम्वाङलाई ५७ मत अन्तरले पराजित गरेका छन्। नेम्वाङले २ सय ६२ मत पाएकी थिईन् ।
खुल्ला सदस्यहरुमा भानु आचार्य ३ सय ७२, भानु सुवेदी ३ सय १७, हरि चन्द्र अधिकारी ३ सय ९,दिपक कुमार उप्रेती २ सय ८० ज्ञानेन्द्र प्रसाद लोहनी २ सय ५० कृतेन्द्र ढुङ्गाना २ सय १८ मोहन प्रसाद पराजुली २ सय ९ मत प्राप्त गरि निर्वाचित भएका छन्। महिला सदस्यतर्फ गिता खतिवडा २ सय १९ र मेनुका पोख्रेल २ सय १८ मत प्राप्त गरि विजयी भएका छन् ।
भूगोल तर्फ वडा नं ७र८ मा दुर्गा साह सर्वसम्मत भएका थिए भने वडा नं १ मा प्रेम बहादुर बस्नेत, वडा नं २र३ मा अनिश कार्की, वडा नं ४र५र६ मा कृष्ण कार्की र वडा नं ९ मा गजेन्द्र ढुंगाना निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published.