
दमक,२७ बैशाख । दमक- ८ मा रहेको रोजिएट ब्राईट बोर्डिङ स्कूलले आप्mना बिद्यार्थीहरुलाई निर्वाचनका बारेमा प्रयोगात्मक ज्ञान दिनका लागी मतदानको माध्यमबाट कक्षा क्याप्टेन छनौट गरेको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु मध्येबाट कक्षा र बिद्यालय क्याप्टेन छनौटका लागी मतदान गरिएको बिद्यालयका प्रिन्सिपल रुद्रप्रसाद दाहालले जानकारी दिए ।
बिद्यालयका शिक्षकहरु ईश्वर सापकोटा, सागर नेपाल, छविलाल सिग्देल, आदित्यजंग बस्नेत सहितको निर्वाचन मण्डलीले मतदान कार्यक्रम सम्पन्न गरेको थियो । क्याप्टेन तथा भाईस क्याप्टेन छनौटमा निर्वाचनका सबै प्रकृया पूरा गरिएको थियो ।
क्याप्टेन भाईस क्याप्टेन हुने बिद्यार्थीहरुले उम्मेद्वारी मनोनयनदेखि सम्पूर्ण कार्य पूरा गरेका थिए भने बिद्यार्थीहरुले मतदान समेत गरेका थिए ।