दमकमा ‘समाजमा याक्थुङ लिम्बुहरूको राजनीतिक भूमिका’ विषयक अन्तरकृया

दमक,२७ बैशाख । याक्थुङ लेखक संघ र किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको संयुक्त आयोजनामा सोमबार दमकमा ‘समाजमा याक्थुङ लिम्बुहरूको राजनीतिक भूमिका’ विषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । स्थानीय एसजी होटलमा भएको अन्तरकृयामा विभिन्न पार्टी तथा स्वतन्त्र तर्फवाट उमेरद्वार वनेका याक्थुङ लिम्बुहरूसंग स्थानीय चुनावी अवसरमा भेटघाटसहित शुभकामना प्रदान गरिएको थियो ।
अन्तरकृयामा उम्मेदवारहरुले चुनावी विषय र कार्यक्रमको सन्दर्भमा आफनो विचार राखेका थिए । अन्तरकृयाका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाक लिम्बूले धर्मनिरपेक्ष , सहअस्तित्व र पहिचानको विकासमा यस सामाजिक संस्था चुम्लुङले आफनो अवधारणा राख्दै आएको बताए । याक्थुङ लिम्बूहरूको पहिचान र अस्तित्व विकासका लागि चुम्लुङले सैद्धान्तिक विचार मिल्ने राजनीतिक दलहरूसंग पटक पटक सहकार्य आन्दोलन गरिआएको स्मरण गराउदै उनले भने, –‘ पहिचानसहितको संघीयताको पक्षमा, भाषा लिपी धर्मनिरपेक्षताको पक्षमा उभिएका राजनीतिक दलहरूसंग चुम्लुङको सदैव साथ,सहयोग रहने छ ।’
प्र्रतिगामि बु्रजुवा एकाधिकारका रुपमा रहेको राजसंस्था व्यूँझाउन लागि परेका लिम्बू समुदायका लिम्बुहरू प्रति आक्रोषित हुँदै फियाकले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन लिम्बू हुदैमा आदिवासी जनजातिहरू, लिम्बुहरू भेंडा भएर उसको पछि नलाग्ने स्पष्ट पारे । जनताको उपलव्धिलाई समाप्त गर्ने जस्ता गतिविधि मात्र होइन् एक भाषा, एक धर्म एउटै संस्कृति तथा भारतीय धार्मिक विस्तारवादको विकास नेपालमा मौलिनु भनेको आदिवासी जनजाति ,भूमिपुत्र युगौं युग पछाडिनु पार्ने खेल हुने उनको दावी थियो ।
उक्त अन्तरकृयामा याक्थुङ लिम्बुहरूको राजनीतिक भूमिका बारे लिम्बू पुस्ताका प्राज्ञिक व्यक्तित्वहरू साङसेन पन्धाक (जितेन पन्धाक ), रंगकर्मी विक्रम वनेम , ओम माया शेर्मा आङदेम्बे, मन कुमारी पन्धाक बेघा, गुमानसिंह सम्बाहाम्फे, मिरा राई योयाहाङ् लिम्बू, दिनेश लावती, तिल बहादुर शेर्मा, ललिता गोले साथै विभिन्न पार्टी तथा स्वतन्त्रतर्फबाट उमेरद्वार दिएका उमेरद्वारहरुको उपस्थिति रहेको थियो ।
किरात याक्थुङ चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्रराज चेम्जोङ लिम्बूको अध्यक्षता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.