निर्वाचनबाट कांग्रेसलाई जनादेश आउने महामन्त्री थापाको जोड

पथरीशनिश्चरे,२६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्मुनत तथा समृद्धि बनाउन कांग्रेसलाई ५ बर्ष जनादेश दिनु पर्ने औल्याएका छन् ।
आज मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित नेपाली कांग्रेस पथरीशनिश्चरे नगर कार्य समितिले आयोजना गरेको कोणसभालाई संबोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताएका हुन्।
उनले २०७९ देखि २०८४ सम्मको ५ वर्ष स्थानीय , प्रदेश र संघीय सरकारका लागि कांग्रेसलाई पालो दिन जनतासँग अपील गरे। सोहि क्रममा उनले शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संचार, विद्युत ,विकास पूर्वाधार विकास गरि ईमान्दारितापुर्वक काम गर्न प्रतिवद्ध भएको औल्याए ।
यो पटक स्थानीय तहको चुनावमा काँग्रेसका तर्फका उम्मेदवारलाई भोट दिएर जिताउन अनुरोध गर्दै उनले अगाडि भने , ५ वर्ष पथरीशनिश्चरे नगरपालिकाको लागि कांग्रेसका मेयरले ुमेयर साबु भएर होइन, जनताको सेवक बनेर काम देखाउने हो ु ।
ू चुनाव भनेको हिसाबकिताब गर्ने वेला हो, डराउने वेला हो, आफ्नो शक्ति कायम गर्ने वेला हो, अघिल्लो ५ वर्षका लागि जे जिम्मा लिएको स्थानीय सरकारले त्यो अनुसार काम गरे गरेनन परीक्षा आएको बताउदै भन्दै महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटकको चुनावबाट पाएको जनमताधिकारलाई जोगाउन नसकेकोले अव जनताको परिवर्तन चाहेको स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले ५ वर्ष गाडी चलाउने जिम्मा पाएको भएपनि गाडी चलाउन नसकेकाले देशलाई अग्रगमन तर्फ लैजान कांग्रेसको नेतृत्वमा सरकार वनेको उनको भनाई थियो ।
कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डा. मिनेन्द्र रिजालले नेकपा एमालेले विगतमा थुप्रै अवसरहरू प्राप्त गरेर पनि नेपाली समाजको समृद्धिका लागि केही काम गर्न नसकेको आलोचना गरे । उनले पानीजहाज, घरघरमा ग्यास पुर्याउने भनेर झुक्याएको आरोप लगाएका छन्।
सोहि क्रममा पार्टीका केन्द्रीय सदस्य युवा नेता गुरुराज घिमिरेले नेकपा (एमालेले जनताको विचमा झुठो सपना बाँडेर विकास र समृद्धि प्रदान गर्नै नसक्ने दावी गरे। उहाँले केपी ओली लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा एक विकृत पात्र हुन् भनेर टिप्पणी गर्नुकासाथै ओलीले असार १७ गते नेपालमा ठुलो उथलपुथल हुन्छ भनेर आंतक सृजना गरेको आरोप लगाए। उक्त अवसरमा महासमिति सदस्य तथा प्रदेश नं १ का सांसद् सूर्यमाराज राई समेतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा नेपाली कांग्रेस तथा गठबन्धनको टिमले अहिले जित्न आवश्यक रहेको भन्दै पथरीशनिश्चरे नगरपालिकाको विगतमा उपलब्धिमूलक कार्यहरू नभएको औल्याए।
चुनावी कोणसभामा प्रदेश नं १ का वन तथा वातावरणमन्त्री शेखरचन्द्र थापाले पथरीशनिश्चरे नगरपालिकाको वडा नं २ र ८ मा नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीका वडा सदस्यमा उम्मेदवारहरुसित गठबन्धन भएकोले जिताउन आवश्यक रहेको औंल्याए ।
यसैगरी, महासमिति सदस्य वसन्त कुमार भट्टराईले कुनै पनि समस्या समाधान गर्न नसक्ने एमालेलाई भोट माग्ने आधार नभएको भन्दै स्थानीय सरकारको नेतृत्व कांग्रेसलाई जनमत दिन अनुरोध गरे ।
त्यस्तै, महासमिति सदस्य डा.शुनिल शर्माले मोरङ्ग ३ क्षेत्रमा स्वास्थ्य क्षेत्रमा विशेष सहयोग पुर्याउन चर्चा गरे ।
उक्त अवसरमा प्रमुख पदकालागि उम्मेदवार नगेन्द्र बहादुर सुब्बा तथा उपमेयरकी प्रत्यासी उम्मेदवार कविता पराजुली समेतले आफ्नो उम्मेदवारी दिनुको कारण सहित पथरीशनिश्चरे नगरपालिकाको समग्र विकास र उन्नतिको लागि प्रतिबद्धता जाहेर गरेका थिए ।
कोणसभामा कांग्रेस नगर सभापति रूपनारायण भट्टराई, क्षेत्रीय सभापति गणेश खड्का , युवा नेता लोक नाथ खनाल, नेताहरु र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमको नगरका १० वटै वडाहरुका उम्मेदवारहरूलाई भारी मतले विजयी गराउन अनुरोध समेत गरिएको थियो।
कुल बहादुर गुरुङले स्वागत मन्तव्य राखेको उक्त कोणसभामा वडा नं १ का वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार राजेन्द्र कुमार बस्नेत , २ का उम्मेदवार टिका तामाङ, ३ का विजय लिम्बू, ४ का प्रेम न्यौपाने,५ का चेतन खड्का, ६ का कृष्ण बस्नेत , ७ का जितेन राई , ८ का टेकबहादुर थापा ९ का विर बहादुर राई र १० का भुवन थापालाई पार्टीले उम्मेद्धार बनाउने निर्णय गरेकाले अत्याधिक मत दिई विजयी गराउन अनुरोध गरिएको थियो।

Leave a Reply

Your email address will not be published.