शिवसताक्षी,२६ बैशाख । कोरोना संक्रमणवाट झापाको शिवसताक्षीमा एक जना बृद्धको मृत्युभएको छ । तीनदिन अघि संक्रमण पुष्टिभएपछि होम आइसोलेसनमा बसेका शिवसताक्षी नगरपालिका वडा न. ९ चिल्लागढका ७५ वर्षिय संक्रमितको शनिबार साँझ मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिए । कोरोनाको दोश्रो लहर यता जिल्लामा २० र जिल्लामा संक्रमणवाट हालसम्म मृत्यु हुनेको सँख्या १४९ पुगेको छ ।