दमक,२७ बैशाख । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले विहिबार किशोरकिशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।कमल -६ स्थित पियुस मेडिकलको समन्वयमा भएको सो सचेतना कार्यक्रममा कमल ५ ,६ वडाका सामुदायिक तथा संस्थागत विद्यालयका तीन दर्जन विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
संस्थाको आफनै सभाहलमा भएको सो कार्यक्रममा दातृ संस्था यूएसआईडीका सहजकर्ता महेशनाथ , स्वास्थ्यकर्मी समेत रहेका रेडक्रस उपशाखाका सभापति चन्द्र साह लगायतले सहजीकरण गरेका थिए ।
सचेतनामूलक सो कार्यक्रममा विभिन्न विद्यालयका कक्षा ७ देखि कक्षा १० सम्मका छात्रछात्राहरुको सहभागिता रहेको थियो । किशोरकिशोरी उमेरमा देखा पर्ने यौन तथा प्रजनन स्वास्थ्य शिक्षाका बारे आधारभूत जानकारी दिने उद्देश्यले त्यस किसिमको कार्यक्रम गरिएको सचिव पारषमणि राईले बताएका छन् । उनका अनुसार यस लगत्तै साविक तोपागाछीस्थित क्याम्पा खण्डमा समेत सोहि किसिमको अनुशिक्षण प्रदान गरिने सचिव राईले बताए ।
सचेतनामूलक सो कार्यक्रममा मुनसन अंग्रेजी स्कूलका भाईस प्रिन्सिपल पारषमणी सापकोटा, रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।