‘दउवा’ संघको टोली अवलोकन भ्रमणमा

दमक,२७ बैशाख । दमक उद्योग वाणिज्य संघको एक टोली पाँच दिने अध्ययन अवलोकन भ्रमणमा निस्किएको छ । संघका अध्यक्ष गोपाल गुरागाई नेतृत्वको भ्रमण टोली  सुन्दरहरैचा, इटहरीसहित पश्चिमका कटारी ,उदयपुर सिन्धुली,रामेछाप,सिन्धुपलाञ्चोक लगायतका उद्योग,व्यवसायको अध्ययन अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।
विहिबारदेखि शुरु भएको उद्योगी,व्यवसायीहरुको टोलीले भ्रमणका क्रममा त्यस क्षेत्रका उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी,व्यवसायीहरुसंग अन्तरकृया समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरागाईले बताएका छन् । व्यवसायिक एकता तथा आर्थिक रुपान्तरणमा सघाँउ पुरयाँउन यस किसिमको भ्रमणले टेवा पुरयाँउने अध्यक्ष गुरागाई बताउँछन् । संघले बर्षेनी यस किसिमको अवलोकन भ्रमणको आयोजना गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.