दमक,२७ बैशाख । दमक ८ स्थित पूर्वाञ्चल मन्टेश्वरी अंग्रेजी स्कूलले बुधबार मातातिर्थका अवसरमा अभिभावक विशेष कार्यक्रम आयोजना गरेको छ । शैक्षिक पठनपाठनमा छुट्टै पहिचान बनाएको सो स्कूलले अतिरिक्त कृयाकलाप अन्तर्गत अभिभावकहरुको सहभागितामा यसवर्ष पनि मातातिर्थमा विशेष कार्यक्रम गरिएको निर्देशक माधव भट्टराईले बताए ।
उनका अनुसार स्कूलमा अध्ययनरत बिद्यार्थीहरुले आफनो अभिभावक आमाहरुलाई माया,प्रेम सदभावसहित आमाको महिमासहित मिठो खानेकुरा खुवाएका छन् ।आमाको मुख हेर्ने चाडका रुपमा मानिने मातातिर्थमा बिद्यार्थीहरुलाई आमाको महत्व आमाप्रति गरिने व्यबहार र आमा र छोराछोरीको सम्बन्धका विषयमा व्यववहारिक शिक्षा दिन प्रत्यक्ष रुपमा अन्तरकृया समेत गरिएको प्रिन्सीपल सबिता पोख्रेल भट्टराइले बताईन् ।
सो कार्यक्रममा बिद्यार्थीहरुले आमाको महिमा झल्किने गरि चित्र कोरेर उपहार दिए भने आमाहरुले समेत छोरीप्रति माया दर्शाएका उनले बताईन् ।कार्यक्रममा स्कूलका अभिभावक शिक्षक, बिद्यार्थी , विभिन्न संघसंस्थाका ंसामाजिक तथा शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
स्कूलले मन्टेश्वरी विधिबाट गुणस्तरिय पठनपाठनसहित बिहान ७ बजे देखि बेलुका ६ बजेसम्म डे–होस्टेलको ब्यबस्था ,बिद्यार्थी सिकाई व्यववहारिक शिक्षण बिधिबाट पढाई ,यातायातको सुबिधा,खुल्ला खेलमैदान , प्रशस्त खेलकुदको सामाग्री , आर्गेनिक खानेकुरा ,बिद्यार्थीहरुलाइ अतिरिक्त कृयाकलाप जोड ,पर्व बिशेष कार्यक्रमहरु ,पारिवारिक वाताबरणमा शिक्षण ,प्ले गु्रपदेखि कक्षा ८ सम्म शैक्षिक पठनपाठन गरिआएको छ । हाल स्कूलमा २५० बढी विद्यार्थीहरु अध्ययनरत छन् ।