दमकमा राजपाका नगर प्रमुख र उप प्रमुखका उम्मेद्वार गठबन्धनको पक्षमा


दमक ,२६ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेको बिपक्षमा रहेको पाँच दलिय गठबन्धनमा अर्को दल पनि थपिएको छ । कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धनमा राष्ट्रिय जनता पार्टी (राजपा) पनि थपिएको हो ।
राजपाबाट दमकको नगर प्रमुखका उम्मेद्वार कृष्ण राया र उप प्रमुखका उम्मेद्वार मेरी राजवंशीले आफुहरुको उम्मेद्वारी निस्कृय राख्दै गठबन्धनका उम्मेद्वारहरुलाई समर्थन गर्ने जनाएका हुन् । गठबन्धनको घर दैलो कार्यक्रम अन्तर्गत आइतवार वडा नम्बर ५ मा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै राजपाका नगर प्रमुखका प्रत्यासी रायाले भोट माग्दै जनताका बीचमा जाँदा यसपटक गठबन्धनबाट प्रमुखमा राम थापा र उप प्रमुखमा रेगिना भट्टराई प्रसाईंको पक्षमा जनमत देखिएकोले जनमतको कदर गर्दै गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताए । दुवै उम्मेदवारले पार्टीसहित आफना शुभेच्छुकहरुलाई गठबन्धनका उम्म्ेदवारका चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
राजपाको समर्थनले आफुहरुलाई खुशी तुल्याएको बताउँदै गठबन्धनका नगर प्रमुखका प्रत्यासी थापाले आगामी दिनमा दमक नगरको मुहार फेर्न सबै दलहरुमिलेर जाने र राजपाका उम्मेद्वारहरुको पनि भावना समेटिने प्रतिबद्धता जनाए ।
बेलबारीमा कांग्रेसका मेयरका उम्मेदवारलाई जसपाको समर्थन
बेलबारीमा काँग्रेसका तर्फबाट मेयरका उम्मेदवारलाई जसपाको समर्थन नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा ) बेलबारी बिच बेलबारीको मेयरमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।
जसपाले काँग्रेसका उम्मेदवार महेन्द्र सुवेदीलाई मेयरमा समर्थन गर्ने बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा संयुक्त पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
जसपाबाट मेयरमा उम्मेदवार बनेकी मिनु राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि जसपाले मेयर पदमा काँग्रेसलाई सघाउने निर्णय गरेको जसपा बेलबारीका अध्यक्ष तिलक राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.