दीपिनीका ३०० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दमक,२६ बैशाख । सामाजिक कार्यमा सक्रिय संस्था सानो प्रयास युवा समाजले दमक–५ मा रहेको दीपिनी आधारभूत विद्यालयमा अध्ययनरत ३०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको छ ।
संस्थाले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा अब्बल रहेका विद्यार्थीहरूलाई लक्षित गरी झण्डै १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्रीहरु वितरण गरेको हो ।
संविधानसभा सदस्य तथा संस्थाका सल्लाहकार समिति संयोजक दिपक कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक–३ का वडा अध्यक्ष नविन बराल, दमक–५ का वडा अध्यक्ष ईन्द्र गुरुङ,वडा सदस्य शोभा खतिवडा बेलबासे ,सरु परियार लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार, ‘सानो प्रयास युवा समाज’ कोरोना महामारीको समयमा स्थापना भएको हो।कोरोनाको कठिन समयमा दैनिक १५० जनालाई खाना खुवाउने कार्यबाट शुरू भएको संस्थाको सामाजिक सेवा यात्रा अहिले पनि निरन्तर सेवामुखी कार्यमा सक्रिय रहेको उनले बताए ।
संस्थाले यसअघि पनि झुल वितरण, खाद्यान्न सहयोग, सरसफाई अभियान र विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष खतिवाले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.