लखनपुर रेडक्रसको रक्तदान , ३८ पिन्ट रगत संकलन

दमक,२६ बैशाख । विश्व रेडक्रस दिवसका अवसर पारेर शुक्रवार झापाको कमल गाउँपालिका– ५ स्थित मंगलवारेमा आयोजित खुला रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको छ ।

नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले आयोजना गरेको खुल्ला रक्तदानमा ७ महिलासहित ३८ जनाले रगतदान गरेका कार्यक्रम संयोजक एकराज प्याकुरेलले बताए । रक्तदानमा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, रेडक्रस लखनपुर उपशाखाका सदस्य सन्तोष राई,लक्ष्मीप्रसाद खतिवडा, किशोर नेम्बाङ,घनेन्द्र दाहाल,ताराबहादुर खड्का , विपीन ओली,शुसीला रेग्मी लगायतले रगतदान गरेका थिए । रक्तदाता मध्ये लक्ष्मीप्रसादको यो ३० औं पटक हो ।

रेडक्रस लखपुर उपशाखाका सभापति चन्द्र साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम रेडक्रस दमक उपशाखा रक्तसञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको थियो ।
रेडक्रस उपशाखाको बार्षिक कार्यक्रम अन्तर्गत उपशाखाले बर्षेनी रक्तदान कार्यक्रम गरिआएकोे सचिव पारषमणि राईले बताए । रक्तदान जीवनदान भन्ने सन्देसका साथ आयोजित सो खुला रक्तदान कार्यक्रममा पालिका अध्यक्ष हुकुमसिंह राई,रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल, मंगलमय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रधान, रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्यहरु, आजीवन सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान गर्दे पालिका अध्यक्ष राई ।

 

Leave a Reply

Your email address will not be published.