शान्ति सुरक्षामा समुदायको सहयोग चाहियो – डीएसपी लामा

 दमक,२५ बैशाख /  इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले शान्तिसुरक्षा मजवुत बनाउन समुदायको सहयोग आवश्यक भएको बतााएका छन् ।
दमकका सञ्चारककर्मीहरुसंग भेटघाटका क्रममा डिएसपी लामाले प्रहरीको एक्लो प्रयासले मात्र शान्तिसुरक्षा सुढृण बनाउन नसकिने भएकाले हरेक नागरिकको साथ प्रहरीलाई चाहिएको सुनाए । तीन महिना अघि दमक प्रहरीको कमाण्ड सम्हाल्न आएका उनले दमकलाई अपराध तथा भयरहित, शान्त नगर बनाउन आफू प्रयत्नशील रहेको जानकारी दिए ।
दमकमा लागूऔषध मुख्य समस्या भएको चर्चा गर्दे उनले लागूऔषध नियन्त्रणका लागि समुदाय स्तरमा सचेतनासंगै त्यसमा संलग्नलाई पक्राउ गरि कारवाहीको संख्या उच्च भएको जनाए ।लागूऔषध समाजका लागि साझा चुनौती भएकाले पनि यसको नियन्त्रण घरपरिवार,समाज जिम्मेवार रहेको उनले प्रष्टयाए ।

Leave a Reply

Your email address will not be published.