
धनकुटा २५ बैशाख, पाख्रिबास नगरपालिकामा करोडौको लगानीमा औद्योगिक ग्राम निर्माण हुने भएको छ। नगरपालिकाको वडा नं ७ स्थितराम्चेडाँडामा एक सय १७ रोपनी क्षेत्रफलमा ५४ करोडको लगानीमा औद्योगिक ग्राम निर्माण हुने भएको हो । धनकुटामा संघीय सरकारको एक स्थानीय तह एक औद्योगिक ग्रामको नीतिअनुसार उद्योग मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत औद्योगिक ग्राम निर्माणको काम अघि बढने भएको छ ।
औद्योगिक ग्रामको एक कार्यक्रमका बिच संघीय संसद राजेन्द्र कुमार राईले शुक्रबार शिलान्यास गरेका छन्। मुलुकमा देखिएको बेरोजगारको समस्यालाई हलगर्दै आन्तरीक उत्पादनलाई बढुवा दिदै आयतलाई प्रतिस्थापन गर्ने उदेश्य सहितको संघ, प्रदेश र स्थानिय सकारको नीति रहेको र हरेक स्थानिय तहमा औद्योगिक ग्राम निमार्ण गरिरहेको सांसद राईले बताए।
औद्योगिक ग्रामको डिपिआर तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य गरिने भएको छ। औद्योगिक ग्राम निर्माणकालागि लागि पहिलो चरणको १ करोडबढिको ठेक्का खुलेको पाख्रिबास नगरपालिका प्रमुख वृषवहादुर राईले बताए । प्रमुख राईका अनुसार पहिलो चरणमा भौतिक पूर्वाधार बिकाशकालागि भवन, बाटो निर्माणको काम गरिने छ । औद्योगिक ग्राम निर्माण भएपछि स्थानीयस्तर उपलब्ध हुने स्रोत साधनलाई पहिलो प्रथामिकतामा राखिने भएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा करिब १ करोडको बजेटबाट ४ कोठे एउटा पक्कि भवन र ग्राम जोड्ने ५ सय मिटर सडक निर्माण हुने जनाएको छ ।