दमक,२४ बैशाख । दमकका युवा व्यवसायी देबेन्द्र बरालले आफूले लामोसमयदेखि गर्देआएको व्याग पसललाई विस्तार गरेका छन् । दमक- ६ स्थित घिमिरे मार्केटमा व्यागको थोक तथा खुद्रा कारोवार गरिआएका उनले आजदेखि थप व्यवसायिक गृह श्रेया सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । उनले २०५९ सालदेखि व्यागको होलसेल तथा खुद्रा व्यापार गरिआएका छन् । समयको मागलाई धान्नका लागि पनि आफूले व्यवसाय विस्तार गरेको उनको भनाई छ ।
सो व्यवसायिक गृहको आज दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई तथा वयोवृद्ध माता चन्द्रकुमारी बरालले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । सप्लायर्समा विशेष गरी महिला तथा बालबालिका लक्षित आधुनिक डिजाइनका विभिन्न खाले ब्याग, छाता, बेल्ट लगायतका सामानको फिक्स प्राइजमा ब्राण्डिङ समानहरु उपलव्ध छन् ।
वजारमा चलेका विभिन्न ब्राण्डका ती समानहरु आफनै ठाउँमा सुलभ मूल्यमै उपलव्ध गराउन उद्देश्यका साथ व्यवसाय विस्तार गरेको उनले बताएका छन् । उनले भने, –‘ ग्राहकहरुको रोजाईमा पर्ने फेसनेवल मात्र नभएर गुणस्तरिय ब्राण्डका पर्स,व्याग लगायतका आइटमहरु होलसेल तथा खुद्रा मूल्यमा उपलव्ध गराउन यस सप्लायर्स सधै प्रतिवद्ध छ । ’
उदघाटनका अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँ, पूर्व अध्यक्ष प्रकाश प्रसाइँ, सल्लाहकार संयोजक राजकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, तृतीय उपाध्यक्ष रुवल अधिकारी, संघका कार्यसमिति सदस्य हेमसिंह अधिकारी, सञ्जिब बराल लगायतले व्यवसायी बराललाई शुभकामना दिएका छन् ।