झापा,२४ बैशाख । झापाको कन्काई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्की बीच बैशाख ८ गते बेलुका घरायशी बिषयमा बादबिबाद हुँदा श्रीमतीले श्रीमानलाई कुटपिट गर्दा घाईते भएका कार्कीलाई उपचारका लागी प्रादेशिक अस्पताल भद्रपुर लगेको र उपचार पश्चात घर ल्याएकोमा बैशाख २४ गते बिहान घरैमा मृत्यु भएको सूचना पाए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सुनिता कार्कीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले कार्यालयले जनाएको छ ।