दमक, २३ बैशाख । दमकका अग्रज पत्रकार गञ्जवहादुर दाहालसहित चार जनालाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । राष्ट्रिय पत्रकारिता दिबसका अबसरमा प्रदेश सरकारले उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज दाहालसहित झापाकै गोविन्दचन्द क्षेत्री, मोरङकी ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङको नाम सार्वजनिक गरेको हो ।
दमकलाई कार्यथलो वनाएर तीन दशकदेखि क्रियाशील पत्रकार दाहाल स्थानीय पूर्व सन्देस दैनिकका सम्पादक तथा प्रकाशक हुन् ।
मन्त्रालयले अघिल्लो बर्ष र यस वर्षको गरि दुबै वर्षको पुरस्कार एकै पटक घोषणा गरेको हो । मन्त्रालयका अनुसार परिस्थिति सहज भएपछि पुरस्कार हस्तान्तरण गरिने छ । पुरस्कारको राशी जनही १ लाख रूपैयाँ रहेको छ ।