दमकका थप एक जना कोरोना संक्रमितको मृत्यु


दमक,२३ बैशाख । दमकमा आज थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५३ वर्षिय पुरुष रहेको नगर स्वास्थ्य कार्यालयले जनाएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार उहाँको आज विहान सवा १० बजे मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका ती संक्रमितको अबस्था गंभीर भएपछि आज विहान उपचारका लागि विराटनगर तर्फ लैजाने क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
उनलाई बैशाख २१ गते विराट मेडिकल कलेजमा संक्रमण पुष्टि भएको थियो । दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै दमकमा ५ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.