झापामा पूर्ण निषेधाज्ञाले वजार सुनसान

झापा, २३ वैशाख । गएराति १२ बजेदेखि झापा जिल्लाभरी पूर्ण निषेधाज्ञा लागु भएपछि वजार सुनसान भएका छन् ।कोरोना संक्रमण तिब्र रुपमा बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय झापाले वैशाख ३१ गतेसम्मका लागि लागु गरिएको निषेधाज्ञामा अत्यावश्यकसेवा बाहेकका अन्य सबै सेवा बन्द हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

पूर्ण निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबैखाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै बजार पसल पूर्ण रुपमा बन्द गरिएको छ । खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी, फलफुल, दुधडेरी, निर्माण सामग्रीका पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.