गौरादह उद्योग वाणिज्य संघको निर्वाचन : १९ पदमा ५१ जनाको उम्मेदवारी

गौरादह ,२३ बैशाख । यहाँस्थित गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि १९ पदमा ५१ जनाको उम्मेदवारी परेको छ ।नेतृत्व चयनका लागि विभिन्न तीन वटा समूहले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । भूगोल तर्फ वडा नं.७ र ८ बाट एक जना सदस्य सर्वसम्मत चयन भएकाले २० पद मध्ये १९ पदमा निर्वाचन हुन लागेको समिति सदस्य माधब कोईरालाले बताए ।नेतृत्व आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका व्यवसायीहरुले प्यानलनै खडा गरेर चुनावमा होमिएका छन् । नेतृत्वमा नेकपा एमाले निकट प्रगतिशील समूह, नेपाली कांग्रेस निकट लोकतान्त्रिक समूह र स्वतन्त्र समूह चुनावी मैदानमा उत्रिएका छन् ।
प्रगतिशील समूहका तर्फबाट जीत बहादुर कार्की (जेबि) ,प्रथम उपाध्यक्षमा खगेन्द्र थापा, द्धितीय उपाध्यक्षमा दिलबहादुर खत्री, तृतीय उपाध्यक्षमा शरदकुमार थापा , कोषाध्यक्षमा हरि कार्की र महासचिवमा क्रान्तिदिप काफ्ले लगायतले उम्मेदवारी दर्ता गरेका छन् । यसैगरि, लोकतान्त्रिक समूहका तर्फबाट लक्ष्मी बाह्रकोटी (प्रसाईं) को नेतृत्वमा प्रथम उपाध्यक्षमा अशोक चुडाल, द्धितीय उपाध्यक्षमा विरेन्द्र बस्नेत, तृतीय उपाध्यक्षमा तारकुमार श्रेष्ठ ,कोषाध्यक्षमा कमला नेम्बाङ र महासचिवमा ईस्वर खत्री लगायत चुनावी मैदानमा उत्रिएका छन् ।
स्वतन्त्र समूहका तर्फबाट प्रकाश बाँस्कोटा अध्यक्ष , प्रथम उपाध्यक्षमा भुपेन्द्र भटटराई, तृतीय उपाध्यक्षमा चुडाबहादुर भुजेल र महासचिवमा चन्द्रमणी गौतम सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । नयाँ नेतृत्व चयनका लागि बैशाख २६ गते निर्वाचनको मिति तोकिएको छ ।

Leave a Reply

Your email address will not be published.