मंगलवारेमा रेडक्रसको रक्तदान हुदैं

दमक ,२३ बैशाख । विश्व रेडक्रस दिवसका अवसरमा झापाको कमल गाउँपालिका- ५ स्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाले यहि बैशाख २६ गते खुल्ला रक्तदान गर्ने भएको छ ।
रक्तदान सफल बनाउन उपशाखाका सदस्य एकराज प्याकुरेलको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरिएको छ । गठित उपसमितिको सदस्यहरुमा बिमला भट्टराई , रबिन कार्की, दिलकुमारी गुरुङ र केशव तिम्सिना रहेका छन् ।

उपसमितिले रक्तदानलाई भव्य तथा सम्भ रुपले सम्पन्न गर्नका लागि आवश्यक तयारीका कामहरु भईरहेको संयोजक प्याकुरेलले बताएका छन् ।विहान ८वजे हुने रक्तदान कमल -५ मंगलवारेस्थित पियुस मेडिकलको प्राङगणमा आयोजना गरिने सचिव पारषमणि राईले बताए ।

रेडक्रस उपशाखाको बार्षिक कार्यक्रम अन्तर्गत उपशाखाले बर्षेनी रक्तदान कार्यक्रम गरिआएको सभापति चन्द्र साहले बताए । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published.